पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ


१६ कार्तिक २०७७, आईतवार ११:५८ मा प्रकाशित

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत छन् ।

एसएसपी ज्ञवालीका अनुसार जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ । खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

विवादित छविका खोभारी राय त्यसयता राजनीतिमा निष्कृय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here