पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना संक्रमण पुष्टि


८ कार्तिक २०७७, शनिबार १९:२३ मा प्रकाशित

काठमाडौं । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी दिएका छन् ।

स्पाईचाल्स्कीले भने, राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उहाँको स्वास्थ्य अवस्था सामान्य नै छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको छ।ु

राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणपछि डुडा र उनको कार्यालयका निकट सम्पर्कमा आएका सबै कर्मचारी क्वारेन्टाइनमा बसेका छन्।

पोलिस राष्ट्रपति डुडाले सङ्क्रमण पुष्टि हुँदासम्म नियमित कार्यालयमा गई राष्ट्रपतीय जिम्मेवारी सम्हालिरहेका थिए। उनले क्वारेन्टाइनमा बस्नुपूर्व राष्ट्रिय रङ्गशालामा उपस्थित भई त्यहाँ निर्माण भइरहेको कोभिड–१९ को अस्थायी अस्पतालको निरीक्षण गरिरहेका थिए।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण पोल्याण्डमा दुई लाख ४१ हजार ९४६ व्यक्तिमा देखिएको छ भने सङ्क्रमितमध्ये चार हजार ३५१ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here