दोलखाको जिरी केन्द्रबिन्दु भएर भूकम्पको धक्का


८ कार्तिक २०७७, शनिबार १९:१६ मा प्रकाशित

काठमाडौं । शनिबार अपरान्ह दोलखालाई केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ। दोलखाको जिरी नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको धक्का दोलखा, रामेछाप, सिन्धुली, काभ्रेसहितका जिल्लामा महसुस भएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन।

यसअघि भदौ ३१ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। जुन २०७२ को गोरखा भूकम्पयताकै शक्तिशालीमध्ये एक थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here