गायक मुकेश कटुवाल को चौदण्डि गढी सार्वजनिक (भिडियो सहित)


७ कार्तिक २०७७, शुक्रबार १२:०० मा प्रकाशित

झापा । नेपाली साङ्गितिक जगतमा विभिन्न बिधा का गीत सङ्गीत तथा श्रष्ठाहरुको होड्बाजी यथावत नै छ । यसै बिच पुर्वी नेपालको धेरै रमणीय स्थलहरुको धनी जिल्लाको रुप मा चिनिने जिल्ला हो उदयपुर ।

सोही जिल्ला को एक अभिन्न अङ्ग हुन गायक मुकेश कटुवाल । कटुवालले नेपाली सङ्गीत छेत्रमा २०५८ साल मा पाइला टेकेका हुन ।चलाख स्वभाव का कटुवालले आफ्नो छैटौं पप आधुनिक गीति एल्वम ‘चौदण्डिगढी ’ को शिर्ष गीत घुम्दै र फिर्दै चौदण्डिगढी को भिडियो सार्वजनिक गरेका हुन । गीतको भिडियोमा उदयपुर को सुन्दरता र रमणीय स्थलहरुको कलात्मक शैलिमा चित्रण गरिएको छ । उक्त भिडियोमा सुजा ढकाल, प्रेम जङ्ग किराँती , मनोज के. सी., सुनिल कार्की , रीमा राई , पुनम ढकाल लगायतका कलाकारको अभिनयलाइ छायाकार नयन श्रेष्ठले आफ्नो क्यामारा मा कैद गरेका हुन भने सम्पुर्ण दृश्य र कलाकार को अभिनयलाइ कलात्मक ढङ्ग्ले तारावीर पाण्डे ले गरेको निर्देशनलाइ मुह सिङ्ग मगरले सम्पादन गरेका हुन ।

गीतको सम्पुर्ण अधिकार VSG ONLINE MEDIA GROUP ले जिम्मा लिदै VSG GROUP  को ब्यानरमा बनेको गीतमा बरिस्ठ गीतकार अन्जन किराँती ले लेखेको शब्दलाइ बिनय कार्की ले सङ्गीत तथा सङ्गीत संयोजन गरेका हुन भने गायक मुकेश कटुवालले आवज दिएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here