बडादशैंको छैटौं दिन आज कात्यायनी माताको पूजा गरिंदै


६ कार्तिक २०७७, बिहीबार ०९:३५ मा प्रकाशित

बडादशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज(विहीबार) घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ ।

यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चनासहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here