भारतले पक्राउ गरेको चिनियाँ सैनिकलाई फिर्ता पठाइयो


५ कार्तिक २०७७, बुधबार १२:०२ मा प्रकाशित

एजेन्सी । भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिक फिर्ता गरेको छ।

दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई मंगलबार राति चुसुल–मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

ती चिनियाँ सैनिक सोमबार भूलवश सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ लद्दाखको चुमार–डेमचक क्षेत्रमा पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here