इटहरीमा बजार अनुगमनः मापदण्ड पुरा नगरी बिक्री गर्ने ४ मासु पसल शिल


१ कार्तिक २०७७, शनिबार १४:३२ मा प्रकाशित

इटहरी । चाडपर्व नजिकिएसँगै अनुगमनलाई तीव्रता दिएको इटहरी उपमहानगरले पटक पटक सम्झाउँदा पनि अटेर गर्ने इटहरीका ४ मासु पसललाई सिल गरेको छ ।

शनिवार बिहान इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा नगर प्रहरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, इलाका प्रहरी सहित गएको बजार अनुगमन टोलीले इटहरी पश्चिम लाइनमा रहेका नमस्ते मासु पसल, मामा मिट सेन्टर, इटहरी मिट सेन्टर र सन्जेल मिट पसलमा सिल गरेको हो ।

उक्त पसलले न्यूनतम स्वास्थ्य मापदण्ड पनि पुरा नगरी बिक्री गरेको, व्यवसाय कागजपत्र नलिई सञ्चालन गरेको, पसल अगाडी जाली नलगाई व्यापार सञ्चालन गरेको पाइएपछि सिल गरिएको उपमेयर गौतमले जानकारी दिइन् ।

१ हप्ता अगाडी बजार अनुगमनका क्रममा उक्त पसललाई आवश्यक मापदण्ड पुरा गर्न पत्र लेखिएको थियो तर उक्त पत्रको बेवास्ता गरी व्यवसाय सञ्चालनको गरेको पाइएपछि बाध्य भएर शिल गर्नु परेको उपमेयर गौतमको भनाई छ ।

४ वटै पसललाई अनुगमन टोलीले दिएको निर्देशन बमोजिम मापदण्ड पुरा गरेर मात्र पुल खोल्न अनुमति दिइने बताइएको छ । साथै उक्त टोलीले अन्य ७ वटा मासु पसलमा पनि मापदण्ड विपरीत बिक्री गरेको पाइएको छ । उनीहरुलाई व्यवसाय दर्ता गर्ने, पसल अगाडी सिसा, जाली लगाउने कार्य तुरुन्त गर्न समेत भनिएको छ ।

त्यस्तै तरकारी तथा फलफूल पसलमा पनि अनुगमन गरेको छ ।, आम सर्वसाधारणको स्वास्थ्यप्रति जिम्मेवार भएर बिक्री वितरण गर्न भनिएको छ । मुल्यसुची नराख्ने पसललाई तुरुन्तै राख्न समेत टोलीले निर्देशन दिएको छ ।

उपमहानगरले चाडपर्वमा कालोबजारी तथा हेलचेक्र्याइँ गरेर व्यवसाय सञ्चालन गर्ने विभिन्न स्थानका पसलमा दैनिक अनुगमन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here