झापा। झापाको बुद्धशान्ति–२ स्थित जयपुर चौकमा धौलागिरी पारिजात पहिलो सुपथ मूल्य सहकारी पसल संचालनमा आएको छ ।
शनिवार संचालनमा आएको सहकारी पसलको उद्घाटन बुद्धशान्ति–२ का वडाध्यक्ष दिलिप श्रेष्ठले गरेका थिए ।
यस सहकारी संस्थाले वि.सं. २०६४ साल देखी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुको माग र आवश्यकतालाई ध्यानमा राख्दै जयपुर चौकमा सहकारी पसल संचालनमा ल्याएको संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताए ।
करिव ५५ लाखको लगानीमा संचालनमा आएको सहकारी पसलमा बजार भन्दा केही सस्तो मूल्यमा सामान खरिद गर्न सकिने बताइएको छ । विर्तामोडमा मुख्य कार्यालय रहेको यस सहकारीले जयपुर, गोलधाप, बुधवारे, र लक्ष्मीपुर गरी ४ स्थानमा शाखा स्थापना गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
जयपुरमा विगत ८ वर्षदेखी संचालनमा रहेको यस सहकारीले जयपुर, होक्से, देउराली, भेटेटार लगायतका स्थानीयबासीहरुको सुविधालाई मध्यनजर गर्दै सहकारी पसल संचालनमा आएको हो । सहकारीले सुपथ मूल्यको पसल संचालनमा ल्याएसंगै एक महिना अघि २ वटा शाखा समेत विस्तार गरेको बताइको छ ।
दुवै शाखाबाट अहिले वित्तिय कारोबार भई रहेको लक्ष्मीपुर शाखाकी कार्यालय प्रमुख कोपिला चौहानले जानकारी दिइन् ।
यस वर्ष जयपुरमा पसल संचालन गरिएको र प्रत्येक आर्थिक वर्ष झापाका विभिन्न २ स्थानहरुमा पसल संचालन गरिँदै लैजाने यसै सहकारीका टंक भण्डारीले बताएका छन् ।





