काठमाडौं । गएको २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएअनुसार आज देशभर ३५ सय २२ संक्रमित कोरोनामुक्त भएका छन्।
कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ८ प्रतिशत हुन आउँछ। नेपालमा हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्।
आज १२ जार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४६ जना होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।





