रेम्डेसिभिर औषधि आयात र विक्रीका लागि तीन कम्पनीलाई अनुमति


३० आश्विन २०७७, शुक्रबार १५:१३ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि आयात तथा विक्रीका लागि तीनवटा कम्पनीलाई अनुमति दिएको छ ।

मन्त्रालयलले ललितपुरमा रहेको यति फार्माकेम डिस्ट्रब्युर्टस प्रा.लि, काठमाडौंमा रहेको सिनर्जी ओभरसिस् प्रालि र भारतमा रहेको हेट्रो ल्याब्स् लिमिटेडलाई रेम्डेसिभिर औषधि आयात र बिक्रीका लागि अनुमति दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले यी तीनैवटा कम्पनीलाई रेम्डेसिभिर औषधि आयत र विक्रीका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको बताए ।

कोभिड–१९ उपचार गर्ने अस्पतालले बिरामीका लागि प्रयोग गरे अनुसार ती फर्म तथा फार्मेसिहरुबाट सहज रुपमा खरिद गरी प्रयोग गर्न सकिने बताएका छन् ।

डा.अधिकारीले उक्त औषधि हाल क्लिनिकल ट्रायलको रुपमा नेपालमा प्रयोग भइरहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here