मोरङ । मोरङ रतुवामाई–१० सातमेडी बस्ने २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।
मङ्लबार अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटरजडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु वेहोस भएका थिए ।
उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको साझँ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।





