आज पनि ६०० रूपैयाँले घट्यो सुनको मूल्य


२८ आश्विन २०७७, बुधबार ११:४५ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार छापावाल सुन ६०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२०५ रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here