झापा । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनको पत्नी र छोरालाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।
यस्तै दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेलाई समेत संक्रमण देखिएको छ ।
पदाधिकारीलाई कोरोना देखिएपछी दमक नगरपालिका र सबै वार्ड कार्यालय असोज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।





