काठमाडौं । नेपालमा सोमबार २४४० जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ९७३ महिला र १५०३ पुरुष गरि थप २४४० जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८४ महिला र ६९४ पुरुष गरि ११७८ जना, भक्तपुरमा ४९ महिला र ५४ पुरुष गरि १०३ जना र ललितपुरमा ११४ महिला र १३६ पुरुष गरि २५० जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।
त्यस्तै सोमबार ११३३ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६५,२०२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै होम आइशोलेशनमा १२ हजार ३१६ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार १९१ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ३३ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ८८ हजार २२९ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।





