नेपालमा आइतबार २२५३ जनामा कोरोना पुष्टि, थप ७ जनाको मृत्यु


१८ आश्विन २०७७, आईतवार १६:५० मा प्रकाशित

काठमाडौं । नेपालमा आइतबार २२५३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ८३० महिला र १४२३ पुरुष गरि थप २२५३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष गरि १३७३ जना, भक्तपुरमा २० महिला र १९ पुरुष गरि ३९ जना र ललितपुरमा ७९ महिला र १०८ पुरुष गरि १८७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८६,८२३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।

त्यस्तै आइतबार १३२९जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६४,०६९ पुगेको छ । हाल सक्रिय संक्रमितको २२,२१९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै होम आइशोलेशनमा ११ हजार ८९३ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १० हजार जना ३२६ रहेका छन् । क्वारेन्टाइनमा ४,२०३ हजार जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ७४ हजार ४४८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here