डा. केसीलाई अक्सिजन सपोर्टमा राखियो


१८ आश्विन २०७७, आईतवार १३:४८ मा प्रकाशित

काठमाडौं । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिएको छ ।

२१ दिनदेखि अनसनरत उनले निरन्तर छाति दुख्नुका साथै सास फेर्न गाह्रो भएको छ । उहाँलाई अक्सिजन सपोर्टमा राखिएको छ’ उनीसँगै रहेकी आवासीय चिकित्सक तोसिमा कार्कीले भनिन्, ‘अन्य औषधि भने उहाँले लिन मान्नु भएको छैन ।’

डाक्टर केसीले यसपटक चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका(६ को बाबिरा मष्ट मन्दिरबाट १९औं अनशन सुरु गरेका हुन् । तर स्वास्थ्यमा समस्या देखिँदा पनि सरकारले वास्था नै नगरेपछि उनी ८औं दिनमा जुम्ला छोडेर ९औं दिनमा काठमाडौं आइपुगेका थिए ।

डा. केसी अनशन बसेको २१ दिन पुगिसक्दा पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन । बरु उपयुक्त समय नभएको भन्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनशन फिर्ता लिन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here