ट्रकको ठक्करबाट मोरङमा मोटरसाईकल चालकको मृत्यु


१६ आश्विन २०७७, शुक्रबार १२:०३ मा प्रकाशित

मोरङ । मोरङ उर्लावारी–९ बस्ने २९ बर्षीय देउ कुमार लिम्बुको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ६ बजे उर्लावारी जोरबाटो स्थित भित्री सडकखण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १–०२०–०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए ।

घाईते लिम्बुको विएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिन ट्रक र चालक मोरङ रतुवामाई –१० का २६ बर्षीय रेवत प्रसाद सुबेदी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here