झापा । झापाको कचनकवल–१ बगान एरिया र गौरीगंज गाँउपालिका–२ दासचौरीबाट तिन भारतिय नागरिक लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन् । विहिबार दिउसो पौने ४ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई प्लाष्टिकमा उनले लुकाइ छिपाई राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसै गरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहीमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन् ।

उनिहरुलाइ दासचौरी स्थितमा खटिएको प्रहरी टोलीले हिजो राती सँवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना भारतिय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





