डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि


१६ आश्विन २०७७, शुक्रबार १२:२१ मा प्रकाशित

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको बताएका छन्।

यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टिनमा बसेको जनाएका थिए। उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here