वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटमा आज पनि सुनुवाई


१६ आश्विन २०७७, शुक्रबार ०९:२६ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाई हुने भएको छ।

संवैधानिक इजलासमा बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज सुनुवाई अघि बढ्न लागेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिँदै रिटलाई संवैधानिक इजलासमा पठाएको थियो।

गौतमले राष्ट्रियसभा सदस्यको सपथ भने लिइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here