बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु


१५ आश्विन २०७७, बिहीबार ०८:४६ मा प्रकाशित

बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here