शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त


१५ आश्विन २०७७, बिहीबार १३:४४ मा प्रकाशित

काठमाडौं । सरकारले शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको कृषि मन्त्री घनश्याम भूसालले जानकारी दिए। मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारले नयाँ मुख्यसचिव बनाएको हो।

कातिकमा कार्यकाल सकिने रेग्मीले बिहीबार राजिनामा दिएका थिए। उनलाई सरकारले बेलायतका लागि राजदूतका लागि सिफारिस गरेको भूसालले बताए। पर्वतमा जन्मिएका बैरागी परराष्ट्र मामलाका जानकार हुन्। उनी परराष्ट्र मन्त्रालयका सचिव हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here