चितवनमा डिएसपी थापासहित ८ प्रहरीमा कोरोना


१२ आश्विन २०७७, सोमबार १२:२५ मा प्रकाशित

चितवन । चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए। कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए।

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो। चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय नाघेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here