मोरङमा एकैदिन १३० जना कोरोना संक्रमित थपिए


१२ आश्विन २०७७, सोमबार १२:१७ मा प्रकाशित

मोरङ । मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here