त्रिशूलीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सह–चालक सम्पर्कमा


४ आश्विन २०७७, आईतवार १३:२० मा प्रकाशित

धादिङ । त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सह–चालक सम्पर्कमा आएका छन् ।

बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको थियो । ट्याङ्करका चालक र सह–चालक भने भेटिएका थिएनन् । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ का ३२ वर्षका सुदीप बोहरा र सह–चालक मनिष नगरकोटी सम्पर्कमा आएका हुन् ।

त्रिशूली नदीमा खसेको ट्याङ्करमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here