नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु


४ आश्विन २०७७, आईतवार १३:१८ मा प्रकाशित

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्न बैठक बसेको हो । बालुवाटार बाहिर बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ । यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको हो ।

यसअघिका धेरैजसो बैठक बालुवाटारमा बस्ने गरे पनि पहिलो पटक पेरिसडाँडामा बसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here