नेपालमा ६ रेक्टर स्केलको भूकम्प, सिन्धुपाल्चोक केन्द्र बिन्दु


३१ भाद्र २०७७, बुधबार ०८:०६ मा प्रकाशित

काठमाडौं । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here