पछिल्लो २४ घण्टामै थपिए १४ सय ५९ संक्रमित, ७१ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त


३० भाद्र २०७७, मंगलवार १६:३९ मा प्रकाशित

काठमाडौं । देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

त्यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए। आज मंगलबार देशभर १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएका उनले बताए ।

त्यस्तै ७ हजार ६ सय ४० जना देशभर होम आइसोलेसनमा रहेका छन् । त्यस्तै हाल देशभरका क्‍वारेन्टाइनमा ७ हजार २ सय ५० जना बसेका छन् । साथै हालसम्म ७१ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here