भारतले प्याज निर्यातमा लगायो रोक


३० भाद्र २०७७, मंगलवार १२:१६ मा प्रकाशित

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। काटेको र पाउडर बाहेक सबै प्रकारको प्याज निर्यातमा तत्काल लागू हुने गरी भारतले प्रतिबन्ध लगाएको हो ।

घरेलु माग पुरा गर्न र प्याजको मूल्य घटाउन भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो। हाल दिल्लीमा प्याजको मूल्य ३५ देखि ४० भारतीय रुपैयाँ छ।

त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले एक सूचना जारी गर्दै निर्यातमा रोक लगाइएको र तत्काल लागू हुने जनाएको छ। ‘प्याजको सबै किसिमको निर्यात तत्काललाई रोक लगाइएको छ’, मन्त्रालयको सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here