डोमिनिक थिएमलाई यूएस ओपन टेनिसको उपाधि


२९ भाद्र २०७७, सोमबार ०९:२५ मा प्रकाशित

यूएस ओपन टेनिसको उपाधि डोमिनिक थिएम जितेका छन्। दुई सेटले पछाडि रहेको स्थिति उल्टाएर जर्मनीका पाँचौं वरीयतामा एलेक्जेन्डर जेभरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ ले हराए। दोस्रो वरीयताका २७ वर्षीय थिएम यूएस ओपन जित्ने पहिलो अस्ट्रियाली भएका छन्।

आर्थर ऐस स्टेडियममा भएका खेल ४ घण्टा २ मिनेट चलेको थियो। यसअघिका तीन ग्रान्ड स्लाम फाइनलमा हार बेहोरेका थिएम यसपल्ट पराजित हुने स्थितिमा पुगेका थिए, तर त्यसयता उनले अविश्वसनीय उत्कृष्ट खेल प्रदर्शन गरे। जेभरेभ भने पहिलो पल्ट ग्रान्ड स्लाम फाइनल खेलेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here