सीमित कम्पनीका लागि मात्रै खुलाइएको पूर्व–पश्चिम रेलमार्गको ठेक्का रद्द


२३ भाद्र २०७७, मंगलवार १२:०० मा प्रकाशित

काठमाडौं । निश्चित कम्पनीहरूले मात्रै सहभागी हुन पाउँने तय गरेर लगाइएको पूर्व–पश्चिम रेलमार्गको ठेक्का रद्द गरिएको छ ।

काँकरभिट्टा–इनरुवा खण्ड निर्माणका लागि आह्वान गरिएको ठेक्कामा निश्चित कम्पनी मात्रै सहभागी हुन पाउने भएपछि अनियमितता भएको भन्दै चर्को विरोध भएको थियो । सर्वसाधारणस्तरबाट भएको विरोध र दबाबपछि रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरिएको जानकारी दिएको हो ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ३२ अर्बको ठेक्का आह्वान गरेको थियो । जसमा १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ठेक्का आह्वान गरिएको थियो ।

जग्गा अधिग्रहण पनि नगरी रेलमार्गको ठेक्का लगाएपछि मुआब्जाको विषयलाई लिएर सर्वसाधारण पनि आन्दोलित हुँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here