महाकालीमा डुबेका युवकको शव पाँच दिनपछि फेला


२३ भाद्र २०७७, मंगलवार ०८:५९ मा प्रकाशित

कञ्चनपुर । महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ ।

महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो ।

बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए । सशस्त्र प्रहरी र सनसेट युथ भोलियन्टर्सको टोलीले समेत तीन दिनसम्म सुनारको महाकाली नदीमा खोजी गरेको थियो ।

सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here