बि एण्ड सी अस्पतालको स्पेशल मेडिकल वार्ड शिल


२१ भाद्र २०७७, आईतवार १६:४१ मा प्रकाशित

झापा । झापाको विर्तामोड स्थित बि एण्ड सी अस्पतालभित्र रहेको स्पेशल मेडिकल वाड शिल गरिने भएको छ ।

अस्पतालका एक चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै विर्तामोड नगरपालिकाले विज्ञप्ति जारी गर्दै शिल गर्ने निर्णय गरेको । संक्रमितसँग फस्ट कन्ट्रयाकमा रहेकाहरुको स्वास्थ्य मापदण्डमा रहेर पिसिआर परिक्षण गरिने लगायतको ५ वटा निर्णय गरिएको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार एक जना चिकित्सक, ९ जना अन्य स्वास्थ्यकर्मी र २ जना बिरामीमा संक्रमण देखिएको हो । कोरोना संक्रमणको आशंकामा पिसिआर परिक्षण गरिएका उनीहरुलाई बिगत दश दिन अघिदेखि नै क्वारेन्टिन र आइसोलेसनमा राखिएको गिरीले बताए ।

उनका अनुसार संक्रमित कसैमा पनि कोरोना संक्रमणको लक्षण नभएको र अवस्था सामान्य रहेको छ । अवस्था सामान्य रहेकोले अस्पतालको अन्य सेवा भने सुचारु रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here