काठमाडौं । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ ।
मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।





