बारामा सशस्त्र प्रहरीद्धारा १८० किलो गाँजासहित गाडी बरामत


१५ भाद्र २०७७, सोमबार १६:०९ मा प्रकाशित

बारा । बारामा सशस्त्र प्रहरीले १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ । बाराको श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जांच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

जाँच गर्ने क्रममा प्रदेश नम्बर ३ ०२२ च ८१३४ नम्वरको डटसन कारमा प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १८० केजी गाँजा र कारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर १२ का प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक निरन्जन भण्डारिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here