बुटवल । कोरोना संक्रमणका कारण कपिलवस्तुका ५० वर्षीय पुरुषको ज्यान गएको छ ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।
उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयको भनाई छ । उनको उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।





