जम्मा संक्रमितको संख्या ३४ हजार नाघ्यो: नेपालमा बुधबार ८८५ जना कोरोना संक्रमित थपिए


१० भाद्र २०७७, बुधबार १६:३४ मा प्रकाशित

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको गौतमले बताए।

गौतमका अनुसार बुधबार भेटिएका संक्रमितमध्ये २९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here