कोरोना रोकथामको लागि समन्वय गर्न उच्च स्तरीय समिति गठन


५ भाद्र २०७७, शुक्रबार १३:३९ मा प्रकाशित

काठमाण्डौ । सरकारले प्रदेश, जिल्ला र पालिकामा रहेका अस्पतालसँग कोरोना रोकथामको लागि समन्वय गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामको कामलाई प्रभावकारी बनाउन समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोजकत्वमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहने छन् ।

समितिले प्रदेश, जिल्ला र पालिकासँग समन्वय गर्ने र कोरोना बाहेकको अन्य नियमित सेवा प्रवाह गर्न पनि समन्वय गर्नेछ । यस्तै समितिले आइसीयू र भेन्टिलेटरको व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई मापदण्डअनुसार क्वरेण्टीन र होल्डिङ सेन्टरमा राख्ने र पीसीआर परीक्षणको व्यवस्था लगायतको काममा समन्वय गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here