कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु


२ भाद्र २०७७, मंगलवार १२:१४ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।

‘कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएराति साढे १२ बजे उहाँको निधन भएको थियो ।

यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । धुलिखेल अस्पतालमा पहिलो मृत्यु सिन्धुपाल्चोककी संक्रमित सुत्केरी महिलाको भएको थियो । यसैगरी गत साउन २६ गते पाँचखालकी एक महिलाको ललितपुरमा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here