सुनको मूल्य पुनः बढ्यो


२ भाद्र २०७७, मंगलवार १३:१४ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य पुनः बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार २ सयले भाउ बढ्दै पुनः एक लाख नाघेको हो ।

मंगलवार सुनको मूल्य बढेर १ लाख ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here