डोटीमा घर भत्किदा चार जनाको मृत्यु, चार घाइते


२७ श्रावण २०७७, मंगलवार ०७:५९ मा प्रकाशित

काठमाडौं । घर भत्किएर डोटीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो।

घटनामा चार जना घाइते भएका छन्। राति करिब साढे एक बजे भत्किएको गाउँपाकिाका स्वास्थ्य संयोजक बमबहादुर खड्काले बताए। ।

मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा लोहार, छोरा १० वर्षीय पारस विक, ५ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विक रहेको खड्काको भनाइ छ।

घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक रहेका छन्। घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन्। प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here