सीमा नाका भदौ मसान्तसम्म बन्द: हवाई उडान र लामो दुरीका यातायात भदौ १५ सम्म बन्द


२७ श्रावण २०७७, मंगलवार ०७:४८ मा प्रकाशित

काठमाण्डौ । सरकारले लामो दुरीका यातायात र हवाई उडान आउँदो भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।

बैठकले भदौ १६ गतेदेखि लामो दुरीका यातायात र हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि सरकारले भदौ १ गतेदेखि लामो दुरीका यातायात सञ्चालन गर्न दिने अनुमति दिएको थियो । सीमा नाका भने भदौ मसान्तसम्म बन्द गर्ने बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here