पर्सा र बारामा फेरि थपिए ५५ जना कोरोना संक्रमित


२७ श्रावण २०७७, मंगलवार ०८:०७ मा प्रकाशित

काठमाडौं । वीरगन्जमा मंगलबार फेरि ५५ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका नयाँ संक्रमितहरुमा ३ जना बाराका र बाँकी ५२ जना पर्साका रहेका छन्।

वीरगन्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ बर्षीया बालिका र ७ बर्षका बालकसहित जम्मा ५५ जना नयाँ संक्रमित थपिएको अस्थायी कोभिड अस्पताल गण्डकका इन्चार्ज डा निरज कुमार सिंहले बताए।

थपिएका संक्रमितहरुमा १८ जना महिला र ३७ जना पुरुष रहेको उनको भनाइ छ। संक्रमितहरु ८ जना वडा प्रहरी कार्यालय विर्ताका, ४ जना नारायणी हस्पिटलको क्वाटरमा बस्दै आएका पनि संक्रमित पुष्टि भएका छन्।

त्यसै गरी वीरगन्ज ४ विर्ताका ८ जना पर्साको धोविनी गाउँपालिका २३ बर्षीय एक पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ। यो वाहेक बाँकी सबै वीरगन्ज महानगरपालिकाको माईस्थान, प्रगतिनगर, रामटोल, छपकैया, श्रीपुर, आदर्शनगर, भिस्वा, लिंक रोड, मूर्लि लगायत ठाउँका रहेको नारायणी अस्पतालको कोभिड विशेष अस्पताल गण्डकका डा सिंहले बताए।

नयाँ थपिएका संक्रमित वाहेक यो भन्दा अगाडी नै पर्सामा १ हजार ३८ जना संक्रमित पुष्टि भइसकेका छन्। मंगलबार थपिएका संक्रमितलाई भने प्रदेश २ को सामाजिक विकास मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here