दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु


१९ श्रावण २०७७, सोमबार १५:१६ मा प्रकाशित

दाङ । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार करेन्ट लागेर दुई दाजुभाइले ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाडका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको छ । सोहि घटनामा ३७ वर्षीय दिलबहादुर रावत पनि घाइते भएका छन् ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । बारीमा जंगली बँदेल आएर मकै आएपछि मार्नको जोडिएको करेन्टमा परी दुई जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here