नेपालमा कोरोना भाइरसको संक्रमण दर फेरि बढ्यो, थप २ सय १० जना संक्रमित थपिए


१४ श्रावण २०७७, बुधबार १६:४७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ ।

‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । देशभर कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २१० जनामा संक्रमण पुष्टि भएसँगै जम्मा संक्रमितको संख्या १९ हजार २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । हाल पाँच हजार २०२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ हजार २१ जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा छ हजार ३७ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । देशभर हाल १४ हजार ४७१ जना ‘क्वारेन्टिन’मा रहेका छन् । हाल पाँच हजार २०३ जना ‘आइसोलेसन’मा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here