झापा । कोरोना भाइरसको सन्त्रासका कारण झापाको बिर्तामोड नगरपालिका सिल गर्ने कुरा अफवाह मात्रै भएको नगरपालिकाले बताएको छ ।
सूर्योदय टेलिभिजनसंग कुराकानी गर्दै नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले कोरोना भाइरसको महामारी बढ्दै गएको र त्यस्का असरका कारण नगर क्षेत्र सिल गर्ने कुरा अफवाह मात्र भएको बताएका छन् । उनले जनमानसमा नगरपालिका सिल गर्ने हल्ला चलेको भन्दै नगरपालिका सिल गर्ने नभई भाइरस नियन्त्रणका लागि बुधबार नै बैठक बसी ३ बुँदे निणर्य गरिएको जानकारी दिए ।
नगरपालिकाले बाहिरबाट आउने व्यक्तीहरुको पिसिआर टेस्ट दर बढाउने, सर्वसाधाराणमा जनचेतनामुलक कार्यक्रम मार्फत सजग गराउने र सार्वजानीक रुपमा भिडभाड हुने स्थानहरु होटल, जिमखाना, सिनेमा हल लगायतका क्षेत्रलाई अर्को निर्णय नभए सम्मका लागी बन्द गर्ने निणय गरेको प्रवक्ता पाण्डेले जानकारी दिए ।
पछिलो पटक झापाको बाह्रदर्शी गाउँपालिकामा फेला परेका कारोना भाइरस संक्रमितको ट्राभल हिस्ट्रीमा बिर्तामोड नगरभित्र खुलेआम घुमेको देखिएको भन्दै बिर्तामोड सिल गर्ने हल्ला चलेको थियो । यो बिषयमा नगरपालिकाले नगरक्षेत्र सिल गर्ने अफवाह फैलिएको भन्दै नगर सिल गर्नुपर्ने अवस्था नरहेको आधिकारीक जानकारी गराएको हो । नगरपालिकाले भाइरस संक्रमणको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन समेत आह्वान गरेको छ ।





