राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त


१२ श्रावण २०७७, सोमबार २०:११ मा प्रकाशित

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो ।

सदस्यसचिवका लागि २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here