कोरोना भाइरसका कारण विदेशमा १६१ नेपालीको मृत्यु


११ श्रावण २०७७, आईतवार ०९:२३ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा १६१ नेपालीको मृत्यु भएको छ ।

यो साता थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या १६१ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये २९ हजार २४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएका छन्।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ। यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here