नौबिसे–मुग्लिन सडक आज रातीदेखी दुईतर्फी सञ्चालनमा


११ श्रावण २०७७, आईतवार १०:०१ मा प्रकाशित

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ ।

पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको हो।

मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड यही साउन ५ गतेदेखि बन्द भएको थियो ।

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरोला सडकखण्ड १६ दिनसम्म पनि खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।

सडक खुलाउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । साँफेबगर-मार्तडी सडकखण्ड पनि १६ दिनदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here