उदयपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको ज्यान गयो


१० श्रावण २०७७, शनिबार १४:४५ मा प्रकाशित

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जातेमा भरुवा बन्दुक पड्किएर एकजनाको ज्यान गएको छ ।

आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा स्थानीय विद्याराज राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहालले बताए ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here